कला व्यवसायीको अध्यक्षमा रिजाल, महासचिवमा सुमन निर्वाचित
वि.सं.२०८० जेठ १ सोमवार १९:३६
shares

काठमाडौ । नेपाल सुनचाँदी कला व्यवसायी संघको नवौ अधिवेशनले घनश्याम रिजालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संघको उपाध्यक्षहरुमा काठमाडौंका विष्णुभक्त बराईली, धादिङका सानुबाबु बराईली चयन भएका छन् । त्यसै गरी महासचिवमा सनराईज ज्वेलर्स चावहिलका संचालक समेत रहेका बालकुमार विश्वकर्मा सुमन निर्वाचित भएका छन् ।
त्यसै गरी सचिवमा सुनसरीका प्रेमबहादुर विश्वकर्मा, सह–कोषाध्यक्षमा धादिङका सुदिप रसाईली चयन भएका छन् । यसै गरी सदस्यहरुमा दोलखाका दिपक धनुके,रामेछापका कृष्ण गहतराज, झापाका तिलकबहादुर विश्वकर्मा र धनकुटाका देवबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।

काठमाडौंबाट निर्वाचित सदस्यहरुमा नविन रसाईली, दिपेन्द्र विश्वकर्मा, केदारनाथ सुनार गहतराज, मानबहादुर विश्वकर्मा, पम्फा श्रेष्ठ, राजिन बराईली, अर्जून विश्वकर्मा र देवी गौतम गहतराज रहेका छन् । सुर्य कुमार बराल र दूर्गा विकलाई पनि सदस्यमा मनोनित गरिएको छ ।

































