विद्यार्थी दिवसको अवसरमा वडा अध्यक्ष श्रेष्ठद्धारा शैक्षिक सामाग्री सहयोग
वि.सं.२०८० जेठ १ सोमवार १९:२४
5.29K
shares
shares

काठमाडौ । ५९ औँ विद्यार्थी एकता दिवस बिभिन्न कार्यक्रम गरि देश भरि नै मनाएका छन् । छुट्टै पहिचान बनाउन सफल भएका एवम् सधै रचानात्मक काम गर्दै आएका प्युठान नगरपालिका -३ का वडाअध्यक्ष सुमनराज श्रेष्ठले बिद्यार्थी दिवसको अवसरमा शैक्षिक सामाग्री बितरण गरेका छन् ।
प्युठान नगरपालिका -४ स्थित नेपाल रास्ट्रिय बिद्यालय, टारिकामा अवस्थीत कक्षा – ६ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थी समीर रानालाई वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठले शैक्षिक सामाग्री उपलब्ध गराएका हुन्।































