नक्कली शरणार्थी प्रकरण अन्तत : ५७ दिनमा पनि सकिएन अनुसन्धान
वि.सं.२०८० जेठ ७ आइतवार २०:२८
7.55K
shares
shares

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि विगत ५७ दिनदेखि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
प्रहरीले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, नेपाल हज समितिका अध्यक्ष शमशेर मिँया, पूर्वगृहमन्त्री बालकृष्ण खाँणका सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायत उच्चपदस्थ व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
संगठित अपराधका मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने हदम्याद छ । प्रहरीले ५७ दिनका दिन आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेपनि अनुसन्धानका केही कुरा बाँकी रहेको बताइएको छ ।




















