सांसद दाहालले ओलीलाई जोडेर दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो

3.32K
shares

काठमाडौँ । ‘कोभिड सङ्कटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ भन्ने माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्ति संघीय संसद्को रेकर्डबाट हटाइएको छ । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेलेले सांसद दाहालले दिएको सो अभिव्यक्तिसहितको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

गत जेठ १० गते सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथि आरोप लगाउँदै सो अभिव्यक्ति दिएको भन्दै एमालेले शुक्रबार संसद् बैठक अवरुद्ध पारेको थियो । सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरू मिति २०८० जेठ १० गते आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा माननीय सदस्य श्री लेखनाथ दाहालले प्रयोग गर्नु भएको विचारहरू भित्र स्वास्थ्य सामग्रीको २ अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन म संसद् सचिवालयलाई निर्देशन गर्दछु ।’

एमालेले सांसद दाहालको सो अभिव्यक्तिबारे सरकारले जवाफ नदिएसम्म संसद् बैठक सुचारु हुन नदिने अडान लिँदै आएको थियो । शनिबार प्रधानमन्त्री दाहालले सांसद दाहालको सो अभिव्यक्ति उचित नभएको बताएपछि एमालेले संसद् बैठक सुचारु हुन दिएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083