युवा संघप्रती नेता भुषालको कटाक्ष : भ्रष्ट्रचारीहरुको विरोध गर्ने राजन दाहाल नेपाली जनताको मनमनमा छन्
वि.सं.२०८० जेठ १३ शनिवार २०:००
shares

काठमाडौं । संसददेखी सडकसम्म यतिबेला भ्रष्ट्रचार विरोधको आवाज, नारा जुलुस लागि रहेको छ। यसै बिच नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले भ्रष्ट्रचारको आवाज उठाउने नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालप्रति लक्षीत गर्दै बिरोध प्रर्दशन गरेको छ ।
भ्रष्ट्रचारीहरुलाई संरक्षण गर्नु पर्ने नारा सडकमा लगाएपछि यतिबेला तिव्र रुपमा आलोचना शुरु भएको छ । उक्त विरोधप्रति आपत्ती जनाउँदै अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष ईन्द्र भुषालले युवा संघको त्यो प्रकारको नाराप्रति टिम्पणी गरेका हुन् ।
नेता भुषालले युवा संघप्रती कटाक्ष गर्दै भ्रष्ट्रचारीहरुको विरोधमा आवाज उठाउने राजन दाहाल नेपाली जनताको हरेक मनमनमा रहेको बताए ।
नेता भुषालले यस्तो भनेका छन्
सडकमा निस्किएको राष्ट्रिय युवा संघको जुलुशमा मलाई लागेको थियो, भ्रष्ट्रचारी जो कोही भएनी कार्वाही हुनुपर्छ भन्ने नारा लाग्ला , नारा त उल्टो भ्रष्ट्रचारको विरोध गर्ने राजन दाहल कहाँ छ? भन्ने लागेछ! हामी भन्छौ भ्रष्ट्रचारीहरु कहा छन् ? जनताको सरकार यहाँ छ ! भ्रष्ट्रहरुको विरोधमा आवाज उठाउने राजन दाहाल कहाँ छ भन्नेहरुलाई हामी भन्छौ राजन दाहाल सम्पुर्ण भ्रष्ट्र विरोधी नेपाली जनताको मनमनमा छन् ।































