काभ्रेमा बोलेरो दुर्घटना, चार जना घाइते

6.54K
shares

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक ४ पडगाउँडाँडामा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

पडगाउँडाँडादेखि क्लबघर निस्कने सडकमा बोलेरो गाडी अन्दाजी २०० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

गाडीमा चालकसहित चार जना सवार रहेकोमा सबै घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

घाइते चार जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083