पर्यटनमन्त्री भन्छन् : वर्तमान सरकार ढले देश अस्थिरतातर्फ जान्छ

4.12K
shares

काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताएका छन्। सोमबार संसद भवन बाहिर सञ्चार कर्मीहसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘ यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ। यो सरकार यस कारणले ढल्दैन की, ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन संकटमा पर्छ। देश अस्थिरतातर्फ जान्छ। ‘

उनले आफू प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र आमाले दिएको अर्तिभन्दा बाहिर गएर काम नगर्ने स्पष्ट पारे।

उनले भने, ‘प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र मेरो आमाले दिएको जुन अर्ति हो त्यो भन्दा बाहिर जाँदिन।३६ हजार १ सय प्रतिनिधिले काठमाडौं सफा गर्ने हो भने ३ घण्टामा सकिन्छ, गरेर देखाउँ न। ‘

उनले वर्तमान सरकार ५ वर्षसम्म नै टिक्ने दाबी समेत गरे। उनले आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी गरे।

‘सहमति अनुसार फुलफेजमा यो सरकार चल्छ । अहिले चौतर्फी संकट छ, संकटको सुधार पनि भइरहेको छ। समस्या र समाधान दुवै छ भन्ने सरकारलाई थाहा छ।’ उनले भने ।

मन्त्री किराँतीले सरकार देशमा रहेका समस्याको समाधान गर्ने दिशामा अघि बढि रहेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083