अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

3.51K
shares

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर शाहसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो।

शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।

बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए । हिन्दी चलचित्र प्रदर्शन गर्न दिनू भनि उच्च अदालतको आदेशपछि त्यस विरुद्ध बालेनले साे अभिव्यक्ति दिएका थिए। उनले अदालतको आदेश नमान्ने र हिन्दी सिनेमा चल्न नदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083