बजेट पास गर्न माओवादीले लगायो ह्विप

6.21K
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ। पार्टीले प्रत्येक सांसदलाई बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिएको हो।

मंगलबार नै माओवादी मुख्य सचेत हितराज पाण्डेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार ह्विप जारी गरिएको बताएका छन्।

‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ.व. २०८०/०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ। त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्विप) जारी गरिएको व्यहोरा अनुरोध छ,’ ह्विप पत्रमा भनिएको छ।

यस अघि नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्विप लगाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083