यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी तथा नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

6.77K
shares

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी र नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका र माइती नेपालद्वारा आयोजित कार्यक्रम पशुपति बुटिक होटल पिङगलास्थानमा मङ्गलबार बिहान सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले ‘माइती नेपाल संस्था’ ले नेपालबाट बाहिरिने विभिन्न नाकामा कार्यालय खोली मानव बेचबिखन नियन्त्रण गर्ने पुनित कार्यमा अहोरात्र खटिई सेवा प्रदान गर्नुका साथै पीडितलाई समाजमा पुनर्स्थापना गरेको बारे चर्चा गर्नु भएको थियो ।

May be an image of 8 people

साथै नेपाल प्रहरीले कानून कार्यान्वयनमा विभिन्न संस्थाहरुसँगको समन्वय तथा सहकार्यमा ‘यौनजन्य हिंसा न्यूनिकरण’ का कार्यहरु गरिरहेको बताउँदै मनोरञ्जन क्षेत्र (दोहोरी, डान्सबार, डिस्कोथेक, क्लव, होटल तथा रेष्‍टुरेन्ट लगायत) मा काम गर्ने व्यक्तिहरुलाई कम्तिमा एक साताको अभिमुखीकरण सचेतना प्रदान गर्नु पर्ने र सक्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेको समेत बताएका थिए ।

उनले नागरिकहरुको वास्तविक समस्यामा नेपाल प्रहरी जहिलेपनि सकारात्मक कामको लागि हातेमालो गर्न अहोरात्र तयार भएको बताए।

कार्यक्रममा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सरोकारवाला निकायहरुको समन्वय र सहकार्यले मात्र‘यौनजन्य हिंसा न्यूनिकरण’ मा अहं भूमिका खेल्ने हुनाले सम्पूर्ण सरोकारवाला निकायहरुले निष्पक्ष भई कार्य गर्नुपर्ने बताएका थिए ।

उक्त कार्यक्रम जिल्ला प्रहरी परिसर, काठमाण्डौ र ललितपुरका प्रहरी प्रमुख, वडा ९ का अध्यक्ष, प्रहरी वृत्त/प्रभागका प्रमुखहरू र मनोरञ्जन क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरु लगाएतको उपस्थितिमा सम्पन्न भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083