काठमाडौं जिल्लाका सीडीओ घनश्याम उपाध्याय सचिवमा बढुवा

3.71K
shares

काठमाडौं । सरकारले काठमाडौंक प्रमुख जिल्ला अधिकारी (सिडियो) घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने समितिले वरिष्ठतम सहसचिवहरु लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो । सिफारिसमा पर्ने बस्नेत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत छिन् ।

घिमिरे चिनको छेन्दुमा महाबाणिज्यदुत छन् । शंकरदास बैरागीले राजीनामा दिएपछि बैकुण्ठ अर्याल मुख्यसचिव भएका छन् ।

यो बीचमा सचिव यादव कोइराला पनि अवकाश भएका छन् भने रामप्रसाद थपलियाले मंगलबार राजिनामा दिएका छन् । उनीहरुको ठाउँमा बढुवाका लागि समितिको बैठक फेरि बस्ने छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083