एनआरएनए अष्ट्रेलियाबाट एनसीसी सदस्यमा टीकाराम तामाङको बलियो दावेदारी

3.41K
shares

काठमाडौ । जुलाई २९ तरिखमा एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्व चयन हुने भएसँगै निर्वाचनको प्रचार प्रसार तिव्र रुपमा बढेको छ । बिगत लामो समयदेखि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अस्ट्रेलियाको विभिन्न समितिमा रहेर निरन्तर काम गरि राख्नु भएका टीकाराम तामाङले एनसीसी सदस्यमा आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी दिएका छन् ।

एनआरएनए एनसीसी अष्ट्रेलियाको यही जुलाई २९ तरिखमा हुन गैरहेको अधिवेशन तथा आगामी कार्यकालका लागि नेतृत्व चयनको पूर्वसन्ध्यामा तामाङले आगामी दिनमा पनि गैरआवासीय नेपाली अभियानमा रहेर सेवा गर्ने अवसरका लागि अष्ट्रेलियामा रहेका सम्पूर्ण एनआरएन सदस्यहरुलाई एनसीसी सदस्य पदमा निर्वाचित गराई दिन अपिल गरेका हुन्। उनको उम्मेदवारीलाई अन्य आकांक्षी भन्दा बलियो रुपमा एनआरएन अष्ट्रेलियामा लिइएको छ ।

अष्ट्रेलियामा रहेको नेपाली समुदायमा परिचित तामाङ एनआरएन अभियानमा सक्रिय रहनुको अलावा सामाजिक कार्यमा पनि उत्तिकै सफल रहेका छन् । हाल उनी (ThinkWise Financial (Solutions Pty Ltd) थिंकवेज वित्तीय समाधानका सीईओ हुन् ।

अष्ट्रेलियामा रहेका नेपाली माझ अब्बल मानिएका तामाङ प्राय समुदायमा रहेर सेवा गर्ने, समस्यामा परेका नेपालीलाई सहयोग गर्ने र नेपाली समुदायमा घुलमिल हुने व्यक्तित्वका रुपमा चिनिन्छन् ।उनले अष्ट्रेलियामा रहेका बिभिन्न सामाजिक संघ-संस्थाहरुमा रहेर काम गरि सकेका छन् । साथै उनी अष्ट्रेलिया जानु अघि नेपालमै पनि विभिन्न सामाजिक कार्यमा संलग्न समेत रहेका थिए ।

अष्ट्रेलियामा आयोजना हुने नेपाल फेस्टिवल, बिबिध विधाका खेलकुद प्रतियोगिता, बिद्यार्थीहरुका लागि जानकारि मूलक र अन्तरक्रियात्मक कार्यक्रम, अभिभावक अवलोकन भ्रमण जस्ता करिव एक दर्जन कार्यक्रम सफल बनाउन महत्वपुर्ण भूमिका खेलेका तामाङले नेपालमा पनि बिभिन्न
बाढी पिडितको सहयोगार्थ विभिन्न कार्यक्रम गरि सहयोग जुटाउने अभियानमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

यसरी विभिन्न समयमा विभिन्न पदमा बसेर काम गरेको अनुभवहरुलाई अझ प्रभावकारी ढंगले नेपाल र नेपाली समुदायकै हितमा लगाउने इच्छाकै कारण आफुले एनआरएनए एनसीसी अष्ट्रेलियाको आगामी कार्यकालका लागि एनसीसी सदस्यमा उम्मेदवारी दिएको तामाङले बताए ।

‘अहिलेसम्म एनआरएनए अभियानबाट प्राप्त ज्ञान र अनुभवलाई प्रयोग गर्न तथा नेपाली समुदायले देखाउनु भएको माया र सद्भावलाई आत्मसात गर्दै एनआरएनएको माध्यमबाट केही गर्ने मेरो अभिष्ट पूरा गर्न मैले यो पटक अष्ट्रेलियाकोतर्फबाट एनसीसी सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको छु’ । तामाङ सहयोगको अपेक्षा गर्दै भन्छन्  : ‘पहिले जस्तै यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दै यही जुलाई २९ गते हुन गैरहेको निर्वाचनमा अमुल्य भोट दिइ मेरो नेपाली समुदायप्रतिको लगाव र समर्पणलाई विजय गराउनु हुनेछ भन्ने कुरामा पुर्ण विश्वास छ ।’

उनले अस्ट्रेलियामा फैलिएर रहेका नेपालीहरुलाई साँस्कृतिक, सामाजिक र भावनात्मक रूपमा जोड्न एनआरएनए एनसीसी र आइसीसीबीच संयोजनकारी भुमिका निर्वाह गर्ने बताउँदै समुदायले देखाएको माया र सद्भावलाई आत्मसात गर्दै समुदायकै हितमा आफ्नो आगामी पाइला अघि बढाउने समेत बताए  ।

तामाङले प्रवासमा नेपाली भाषा संस्कृतिको जगेर्ना र दोस्रो पुस्तामा यसको हस्तान्तरण अहिले आवश्यक भएकाले एनआरएन मार्फत यो अभियान सफल बनाउने बताए । उनी भन्छन् – ‘नेपाली भाषा, कला, संस्कृति जोगाउन एनआरएनएले पहिलो र दोस्रो जेनेरेसन आवद्ध भएर नेपाली भाषा पाठशाला चलाउन आवश्यक छ ।’

आफ्नो उम्मेदवारी घोषणा गर्दै तामाङले आफ्नो कार्यकालमा मूर्तरुप दिने योजना अघि सारेको बताए । दोस्रो पुस्तालाई भाषा संस्कुती हस्तानान्तरण गराएर एनआरएनएमा जसरी पनि सामेल गराउने, ग्लोबल एनआरएनएमा समानुपातिक प्रतिनिधिको सहभागिता गराउने, स्वदेशमा लगानी भित्र्याउने, सामाजिक कार्यमा सहयोग पुर्याउने, एनआरएनएलाई दिगो संस्थागत विकास गराउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

टीकाराम तामाङका  यस्ता छन् प्रतिवद्धताहरु :

_ प्रवासमा हुर्कदै गरेका दोस्रो युवा पुस्तालाई नेपालका विभिन्न शैक्षिक एवं अन्य संघ-संस्थाहरुसँग समन्वय गरि उनीहरुमा रहेको सीप एवं अनुभवलाई साटासाट गर्ने वातावरण सिर्जना गर्न पहल गर्नेछु ।

_ नेपालबाट श्रम तथा अध्ययनका निम्ति विदेशिने नेपालीहरुको लागि सम्बन्धित देशमा जानु अगाडि र पुगिसकेपछि सो देशको बारेमा सम्पुर्ण जानकारी जस्तै : नियम, कानुन अनि पढाई, रोजगारी लगायत आपत–बिपतमा सम्पर्क गर्ने संघ-संस्था वा व्यक्तिको जानकारी एनआरएनएको वेबसाइड र नेपालमा रहेको हेल्पडेस्क मार्फत लिन सकिने ब्यवस्था गर्नेछु ।

_ नेपाली खेलाडीहरुको स्तर उन्नति र सामाजिक सद्भाव सृजनाको लागि नेपाली खेलाडीलाई विदेशमा आमन्त्रण गरि विभिन्न खेल प्रतियोगिता गराउने साथै बिदेशमा रहेका नेपाली खेलाडीहरुलाई नेपालमा राष्ट्रिय खेलकुद परिषदको सह–कार्यमा निरन्तररुपमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न पहल गर्नेछु ।

_ एनआरएनएलाई विशुद्ध नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिनिधिमुलक सस्था बनाउने र अन्तर्राष्ट्रिय स्तरमा रहेका सम्पुर्ण सामाजिक सस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्नेछु ।

_ एनआरएनएलाई पारदर्शी र यहाँहरु सबैले दिएको प्रत्येक सहयोगको हिसाब किताब छर्लङ्ग राख्ने र देखाउने वातावरण बनाउन पहल गर्नेछु ।

_ डायस्पोरामा रहेर नेपाली भाषा साहित्यको जगेर्ना गर्नु हामी सबै पहिलो पिढीको कर्तव्य हो भन्ने मेरो बुझाइ हो । यसरी नेपाली भाषा साहित्य, सस्कृतिको जगेर्ना गर्न र विश्वब्यापिकरण गर्न एनआरएनको तर्फबाट मेरो पहल र सहयोग रहनेछ भन्ने कुरा पनि अवगत गराउन चाहन्छु ।

_ नेपाल र नेपालीको हितमा एनआरएनएलाई काम गर्ने प्रतिनिधिमूलक सस्था बनाउन पहल गर्नेछु।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083