नारायणकाजी भन्छन् : प्रचण्डकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलेँ, माओवादी नेता भएपनि छोडिँदैन

5.14K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको फाइल अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा खोलेको बताएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने पनि बताए। ‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ । यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ’, उनले भने ।

पछिल्लो समय सुन प्रकरणमा माओवादीकै नेताहरूको नाम जोडिएको छ। माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा पनि सुन प्रकरणमा जोडिएको छ। तर, उनीहरूले आफू संलग्न नभएको प्रष्टीकरण दिइसकेका छन्। यद्यपि, सरकारले छानबिन गरिरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083