‘टुरिजम एण्ड ग्रीन इन्भेस्टमेन्ट’ मुल नाराका साथ लुम्बिनीमा पर्यटन दिवस भव्य मनाइयो

9.49K
shares

लुम्बिनी । ‘टुरिजम एण्ड ग्रीन इन्भेस्टमेन्ट’ भन्ने मुल नाराका साथ ४४ औं पर्यटन दिवस  लुम्बिनीमा सम्पन्न भएको छ। विश्व पर्यटन दिवसको अवसरमा?लुम्बिनी विकास कोष तथा होटल व्यवसायी संघ, पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाले लुम्बिनीमा आगमन भएका विदेशी  पर्यटकहरुलाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले स्वागत एवं सम्मान सहित मायाको चिनो उपहार प्रधान  गरेर धुमधामका साथ मनाएको छ।

लुम्बिनी विकास कोषको आयोजना तथा लुम्बिनी होटल संघ, नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ, लुम्बिनी, बृहत्तर लुम्बिनी क्षेत्र स्थानीय पथ प्रदर्शक संस्था लुम्बिनी, महामाया रिक्सा चालक संघ, लगायत उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष डा.लामाले पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको हो।

शुभकामनाको क्रममा उपाध्यक्ष डा.लामाले लुम्बिनीमा लाखौं धार्मिक पर्यटक भित्राउने लक्ष्य रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय पर्यटकलाइ आवश्यक सुविधा उपलब्ध गराउन र सहजीकरण गर्न , आन्तरिक पर्यटनलाई पहिलो प्राथमिकता दिन समेत आग्रह गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083