एमाले बागमती प्रदेशकाे अध्यक्ष र सचिवमा ४/४ जनाको उम्मेदवारी
वि.सं.२०८० असोज १० बुधवार २१:३६
8.1K
shares
shares

काठमाडौं । एमाले बागमती अधिवेशनमा अध्यक्ष र सचिव पदका लागि ४/४ जनाको उम्मेदवारी परेको छ।
पार्टी कार्यालय च्यासलमा अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उमेदवारी परेको छ । यस्तै, सचिवका लागि रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।
मतदान बिहीबार बिहान ८ बजेदेखि सुरू हुनेछ।















