विश्व शान्तिका लागि लुम्बिनीमा मोन्लम पूजा शरू

7.22K
shares

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान (मोन्लम पूजा ) विहिबारदेखि शुरु भएको छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीन दिने मोन्लम पूजा शुरु गरेको हो । संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि बार्षिक रुपमा यस्तो पूजा गर्ने गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितीमा खेन्छेम पेमा शेर्पा (रिपोन्छे) ले मोन्लम पूजा गराएका हुन् ।

उपाध्यक्ष लामाले लुम्बिनीमा आनीहरुको मोन्लम पूजाबाट यो वर्ष पूजाको शुरुवात भएको बताउँदै आगामि दिनमा यस्ता पूजाहरु बढ्दै जाने बताए । उनले आफू कोषको उपाध्यक्ष हुँदा नै लुम्बिनीमा लामा, गुरुहरुको उपस्थितीमा विभिन्न खालका पूजा गराउने प्रतिबद्धता जनाएको बताए । उनले अब बेलाबेलामा ठूला–ठूला मोन्लुम पूजाहरु हुने बताए ।

भगवान बुद्धका उपदेशका पाठहरु गर्दै बोद्धिसत्व गरेकाहरुको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्व रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए। उनले लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले यो वर्षका लागि पूजा शुरु भएको बताउँदै नोभेम्र र डिसेम्बरमा पनि यस्तै पूजा लुम्बिनीमा हुने बताए । लुम्बिनीमा धार्मिक पर्यटकहरुलाई आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलने उनले बताए ।

May be an image of 3 people and flower

नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले प्रत्येक वर्ष लुम्बिनी स्थित मायादेवी मन्दिरमा मोन्लम पूजा गर्दै आएको छ । बुद्धजन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै विगत ६ बर्षदेखि मोन्लम पूजा गर्दै आएको संघका संस्थापक अध्यक्ष खेमो डोल्पा छिरिङ लामाले बताईन ।

पूजाको शुरुवातका दिन कोषका उपाध्यक्ष डा. लामा सहित, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य राजेश शाक्य, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतको उपस्थिती रहेको थियो । पूजा शनिबारसम्म चल्नेछ ।

May be an image of 9 people, temple and text that says 'ン'

May be an image of 5 people and temple

May be an image of 1 person and temple

May be an image of 1 person and temple

May be an image of 8 people, temple and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083