राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित
वि.सं.२०८० कात्तिक २० सोमवार १८:१५
5.03K
shares
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।
भूकम्पपछि मुलुकको परिस्थिती अनुकुल नरहेकोले भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले जानकारी दिए ।
राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते जाने कार्यक्रम थियो।































