उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

4.5K
shares

काठमाडौँ । भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। सैनिक उच्च स्रोतका अनुसार पाण्डेले बिहीबार साँझ प्रधान सेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका हुन्।

उनलाई केही दिनअघि रथीमा बढुवाका लागि सिफारिस गरिएको थियो। तर, उमेर विवादका कारण उनले राजीनामा दिएका हुन् ।

रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले तीन दिनदेखि काम गरिरहेको स्रोतले जानकारी दियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083