‘चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ’ – स्वास्थ्यमन्त्री बस्नेत

4.49K
shares

धुलिखेल । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने  बताए ।

“वर्षौंदेखि रोकिएको काम अब सुरु गर्छौं”, मन्त्री बस्नेतले भने, “पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौं ।” गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको तर लाखौँ रुपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने उनले बताए । वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

“हालसम्म ३१ हजार नर्स र झण्डै एक हजार मात्र चिकित्सकको दरबन्दी रहेको छ”, उनले भने ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083