जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण सम्पन्न

5.54K
shares

धनकुटा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आज जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ । भ्रमणको क्रममा उहाँले निर्माणाधीन भवनको अनुगमन तथा निरीक्षण गर्नु भइ भवन निर्माणमा ढिला भई प्रहरी कार्य सेवामा समेत प्रभाव रहेकोले भवन निर्माण कार्यलाई छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्नु भएको थियो ।

साथै बास्तोलाले जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत सम्पुर्ण कर्मचारीहरूलाई निर्देशन समेत दिनु भएको छ । निर्देशनका क्रममा उहाँले प्रहरी कर्मचारीहरुलाई कानुनको कार्यन्वयनको क्रममा कडा हुन तथा बोलि बचन र व्यबहारमा नरम भई छिटो छरितो प्रहरी सेवा प्रदान गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो ।

May be an image of 2 people, ambulance and text

May be an image of 9 people

May be an image of 16 people


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083