नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा सुनुवाइ पूरा, शुक्रबार आदेश आउने
वि.सं.२०८० मंसिर १४ बिहीवार १९:५५
3.91K
shares
shares

काठमाडौ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथिको सुनुवाइ पूरा भएको छ ।
न्यायाधीशहरु प्रकाश खरेल र जनक पाण्डेको इजलासले बिहीबार सुनुवाइ पूरा गरेको हो । यससँगै अदालतले शुक्रबार आदेश सुनाउने भएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगेको आरोपमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
काठमाडौं जिल्ला अदालतको सो आदेशविरुद्ध उनीहरुले पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । उक्त पुनरावेदनमाथिको सुनुवाइ बिहीबार पूरा भएको हो ।
































