नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:३२
5.06K
shares
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले सो आदेश दिएको हो । थुनामा रहनेमा इन्द्रजित राई, आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल लगायत छन् ।
लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ। यस अघि जिल्ला अदालत काठमाडौंले महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
































