महाराजगंजमा संचालित ४१ औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० सम्पन्न
वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:५५
4.78K
shares
shares

काठमाडौ । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ४१ औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टिमले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको टिमलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
मंसिर ६ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका १० वटा टिमको सहभागिता रहेको थियो ।





















