मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाको प्रशासनिक कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

7.42K
shares

जनकपुर । आज २०८० मङ्सीर १५ गते धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको परिसर भित्र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रशासनिक कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शिलान्यास कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवज्यूद्वारा शु-सम्पन्न भएको हो ।

कार्यक्रममा मधेश प्रदेशका गृह संचार तथा कानूनमन्त्री मोहमद समिम, मधेश प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुर, जनकपुर उ.म.न.पा.का प्रमुख मनोज कुमार साह, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईको उपस्थिती रहेको थियो ।

May be an image of 4 people and text

त्यसै गरी न.२ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवास महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महनिरीक्षक दिपेन्द्र शाह, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालय जनकपुर धनुषाका अनुसन्धान निर्देशक संजय कुमार यादव, विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुखरप्रतिनिधीहरू, समाजसेवी, संचारकर्मी, नेपाल पुर्व प्रहरी संगठन प्रदेश तथा जिल्ला कार्य समिति पदाधिकारीहरू, पुर्व प्रहरी अधिकृतहरु, प्रहरी कर्मचारीहरू समेत गरी १०० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा प्र.व.उ. प्रवीण पोखरेलबाट स्वागत मन्तव्य, प्रा. प्र.ना.उ. ई. चिरञ्जिवी प्रताप महतोबाट भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन एवं धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, मधेश प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुर , विशिष्ट अतिथी गृह संचार तथा कानूनमन्त्री मोहमद समिम, प्रमुख अतिथी मुख्यमन्त्री सरोज यादवज्यूद्वारा सम्बोधन पश्चात मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.नि. जनक भट्टराईबाट धन्यवाद ज्ञापन सहित कार्यक्रम सम्पन्न भएको थियो ।

May be an image of 13 people, clarinet, trumpet, oboe and flute

May be an image of 7 people and text

May be an image of 11 people, wedding and dais

May be an image of 4 people and temple

May be an image of 5 people

May be an image of 11 people, dais and text

May be an image of 5 people, dais and text

May be an image of 10 people and text

May be an image of 11 people and temple

 


unigloble collage
baneshwor multiple campus ad -2083