नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण सम्पन्न
वि.सं.२०८० मंसिर १५ शुक्रवार १८:४१
shares

बिराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आज नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले कार्यालयका भवन, क्यान्टिन, पुस्ताकलय, लगायत सम्पुर्ण शाखाहरु तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिए ।

कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै उनले विद्यार्थीहरुको रेखदेख नै स्कुलको पहिलो प्राथामिकता रहेको हुँदा उनिहरुको सुरक्षामा कुनै पनि द्वेषभाव नराखी दत्तचित्त भएर लागि पर्न निर्देशन दिए ।
साथै शिक्षा प्रणालीलाई थप समय सापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कुल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्ने बताउदै बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया गर्दै सौहार्दपुर्ण वातावरणमा अध्यापन गराउन समेत अनुरोध गरे ।

उक्त स्कुलको विकासका लागि आवश्यक पर्ने भौतिक संरचना लगायत विविध पक्षको स्तरोन्नति गर्नका लागि कोशी प्रहरी प्रहरी कार्यालय सदैव प्रतिबद्ध रहने उल्लेख गर्दै नेपाल प्रहरी स्कुल धरानलाई नेपालकै उत्कृष्ट स्कुलको रूपमा स्थापित गर्नमा सदैव क्रियाशिल रहने बताएका थिए ।






































