नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता-पत्रमा हस्ताक्षर
वि.सं.२०८० पुस २ सोमवार २१:५१
shares

काठमाडौ । चिकित्सा र सम्बन्धित विषयहरूमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्ने उद्देश्य अनुरूप नेपाल प्रहरी अस्पताल महाराजगंज र काठमाडौं विश्वविद्यालयबीच सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग भएको सम्झौता स्मरण गर्दै आजको सम्झौताले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यलाई थप प्रगाढ बनाएको चर्चा गर्नुभयो ।
दुवै पक्षबीच एक आपसमा रहेको ज्ञान र अनुभवका साथसाथै विज्ञताको आदानप्रदान र शैक्षिक कार्यक्रमहरूमा परस्पर सहयोग अभिवृद्धिका लागि मार्ग प्रशस्त गरेको र दुवै निकायको क्षमतामा थप वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।































