आईजीपी बसन्त कुँवरद्वारा जिल्ला प्रहरी कार्यालय डोटीमा नवनिर्मित भवनहरूको समुद्घाटन
वि.सं.२०८० पुस १० मंगलवार १९:२४
shares

डाेटी । आईजीपी बसन्त कुँवरद्वारा जिल्ला प्रहरी कार्यालय डोटीमा नवनिर्मित भवनहरूको समुद्घाटन गर्नु भएकाे छ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले जिल्ला प्रहरी कार्यालय डोटी परिसरमा नवनिर्मित भवनहरुको मंगलबार आयोजित एक कार्यक्रम बीच समुद्घाटन गर्नु भयो ।
कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले समाजमा देखा पर्ने नविनतम चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असरका साथै विपदका घटनाबाट उत्पन्न हुन सक्ने प्रतिकुल परिस्थिति र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति हरदम तयारी अवस्थामा रहनु पर्ने बताउनु भयो ।
समाजमा अशान्ति र अराजगता फैलाउने तथा अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति वा समूह विरुद्ध सशक्त रूपमा प्रस्तुत भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।






























