आईजीपी बसन्त कुँवरद्वारा सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलको निरीक्षण
वि.सं.२०८० पुस १० मंगलवार १९:३२
shares

काठमाडौ । आईजीपी बसन्त कुँवरद्वारा सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलको निरीक्षण गर्नु भएकाे छ ।
सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलको निरीक्षण तथा भ्रमणको सिलसिलामा पुगेका आईजीपी बसन्त कुँवरलाई तालिम केन्द्रद्वारा अर्पित सलामी ग्रहण गर्नु भई सम्मान गारद, क्वाटर गार्डको निरीक्षण अनुगमन गर्नुका साथै उपस्थित तालिम केन्द्र, प्रदेश प्रहरी अस्पताल दिपायल, सशस्त्र प्रहरी गणमा (साविक गुल्म नं.१ दिपायल) कार्यरत सम्पुर्ण प्रहरी कर्मचारी हरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नु भयो ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद मन्तव्य र सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका समादेशक एसएसपी गणेश चन्दले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।






























