मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्वारा निर्देशन

4.17K
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत जिल्ला प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ ।

आज कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्धारा आवश्यक निर्देशन दिनु हुँदै बास्तोलाले कोशी प्रदेश प्रहरी कार्यालयको कार्य योजना बमोजिम सबै प्रहरी कार्यालयहरुले आ-आफ्नो एरिया ईलाकाहरुमा प्रभावकारी रुपमा प्रहरी परिचालन गरी कुनै अप्रिय घटनाहरु हुन गर्न नपाउने गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउनका साथै कुनै पनि प्रकारका अवान्छित क्रियाकलाप भएमा तत्काल नियन्त्रणमा लिन निर्देशन दिनु भएको छ ।

यसका साथै वहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालनमा रहेका सचेताना मुलक कार्यक्रमहरुलाई थप ब्यवस्थित र प्रभावकारी बनाउदै लैजान तथा कुनै अप्रिय घटना घटन नपाउने गरी प्रहरी परिचालन गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनु भयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083