“ सार्वजनिक सुनवाई ” कार्यक्रम सम्पन्न

6.67K
shares

महाेत्तरी । औरी नगरपालिका र जिल्ला प्रशासन कार्यालय महोत्तरीको सहयोगमा महाेत्तरी जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित “ सार्वजनिक सुनवाई ” कार्यक्रम आज सम्पन्न भएकाे छ ।

२०८० पुस ०९ गते औरही न.पा. प्रमुखको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख अतिथ्यता, न.पा.उप प्रमुख , सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक, उप-अनुसन्धान निर्देशक , औरही न.पा.का वडा अध्यक्षहरु , राजनितिकदलका प्रतिनिधिहरु र स्थानिय बासिन्दाहरुको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।

महोत्तरी प्रहरी प्रमुख प्र.उ. प्रकाश मल्लले सार्वजनिक सुनवाई बारे सबैलाई अवगत गराउदै स्वागत मन्तब्य राख्नु भएको थियो । सहभागि तर्फबाट उठेका प्रश्नई तथा विविध जिज्ञासाको जवाफ दिदैं स.प्र.जि.अ उपेन्द्र न्यौपाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्र.उ. प्रकाश मल्ल र प्रमुख अतिथि शिवराम गेलालले मन्तब्य राख्नु भएको थियो ।

अन्त्यमा औरही नगरपालिका तथा स्थानिय सरकार सम्बन्धि उठेका जिज्ञासाहरुको जवाफ दिदैं धन्यबाद सहित सार्वजनिक सुनवाई कार्यक्रम समापन्नको घोषणा कार्यक्रमका अध्यक्षले गर्नु भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083