अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.सुमित्रा श्रेष्ठद्वारा काेशी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण सम्पन्न
वि.सं.२०८० पुस १७ मंगलवार १८:४४
shares

बिराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले कोशी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण गर्नु भएको छ ।
आज अपरान्ह निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका माननीय आयुक्तज्यूलाई कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोला सहित प्रहरी अधिकृतहरुले स्वागत गर्नु भएको थियो ।
निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यलयको सम्पुर्ण शाखा लगायत कार्यालयको सौन्दर्यकरण समेतको अवलोकन गर्नु भएको थियो । सोही क्रममा आयुक्तलाई प्रहरी उपरीक्षक ऋषिराम कंडेलले समग्र कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था र प्रहरीद्वारा सम्पादन गरिएका उल्लेखनिय कार्यहरुको वारेमा प्रस्तुतिकरणद्वारा अवगत गराउनु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।











