“राज्य तथा सुरक्षा व्यवस्थापन” सम्बन्धि बिषयमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० पुस २४ मंगलवार २२:१८
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “राज्य तथा सुरक्षा व्यवस्थापन” सम्बन्धि बिषयमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षणरत “आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training-BAT)” ३७ औं समूहका ५३ जना नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका प्रशिक्षार्थी अधिकृतहरु नेपाल प्रशासनिक प्रतिष्ठानका तालिम संयोजक शशिशेखर आचार्य र साविक न्यौपानेको नेतृत्वमा स्थलगत अध्ययन भ्रमणमा आएका प्रतिष्ठानका प्र.ना.उ. कौशल कुमार बुढाथोकीले स्वागत गर्नु भएकाे थियाे ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले “राज्य तथा सुरक्षा व्यवस्थापन” सम्बन्धि बिषयमा प्रस्तुतिकरण तथा अन्तरक्रिया गरि प्रशिक्षार्थीहरूले उठाएका जिज्ञासाहरूको सम्बोधन गर्नु भएकाे थियाे ।
प्रशिक्षार्थीहरुलाई प्रतिष्ठानमा रहेको Crime Scene Laboratory मा Finger Print Lifting, घटनास्थलको सुरक्षा जाँच र अनुसन्धान सम्बन्धी Demonstration साथै Firing Simulation exercise प्रतिष्ठानको प्राङ्ग्रणमा सम्पन्न गर्दै चियापान कार्यक्रम पश्चात प्रशिक्षण तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूको तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीलाई उत्कृष्ट प्रस्तुतीकरण तथा जिज्ञासाहरूको सम्बोधन गरी लाभान्वित गराउनु भएकोमा धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।

















