प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा फेरी भेटौंला कार्यक्रम सम्पन्‍न

4.64K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक  सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा फेरी भेटौंला कार्यक्रम सम्पन्‍न भएकाे छ ।

गृह मन्त्रालय उप प्रधानमन्त्री एवं गृह मन्त्रीकाे  २०८०/०९/२४ गतेको निर्णय अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीमा सरुवा हुनु भएका प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. काे फेरी भेटौंला कार्यक्रम सम्पन्‍न हाे।

कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षकलाई प्रतिष्‍ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै बिदाई कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यकारी निर्देशकले प्रतिष्ठानमा रहदा पुर्‍याएको योगदान संस्थागत रुपमा स्मरण रहनुका साथै नयाँ कार्यक्षेत्रमा समेत व्यावसायिक तवरले कार्यसम्पन्न गर्नु हुनेछ भन्ने विश्वास गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

बिदाई भई जान लाग्‍नु भएका प्रहरी नायव महानिरीक्षकले प्रतिष्‍ठानमा कार्यरत रहँदाको बखत प्रतिष्‍ठान परिवारले देखाएको सद्‍भाव, सदीक्षा र विश्‍वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083