३४ औं पुरुष भलिबल प्रतियोगिता” मा नेपाल प्रहरी भलिबल टिम प्रथम स्थान हासिल गर्न सफल : एआईजी भण्डारीद्वारा बधाई तथा शुभकामना
वि.सं.२०८० पुस २६ बिहीवार २३:४७
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक सन्दिप भण्डारीले राट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे जिम्मेवारी सम्हाले देखि प्रहरी प्रतिष्ठानमा नियमित रुपमा विभिन्न रचनात्मक,सुधारात्मक कार्यक्रमहरु गर्दै आएका छन् । एआईजी भण्डारीले कमान्ड सम्हाले देखि नै पछिल्लो समयमा राष्ट्रिय प्रहरी प्रशिक्षणमा उल्लेखनीय परीबर्तन भएकाे छ ।
खेलकुद लगाएत अन्य क्षेत्रमा समेत निकै सुधार हुन थालेको छ । खेलाडी तथा प्रशिक्षकहरुलाई हाैशला प्रदान गर्दै अगाडि बढ्न बारम्बार सल्लाह सुझाब दिदै आएका छन् । प्रहरी अतिरिक्त महानिरीक सन्दिप भण्डारीकै प्रेरणाले गर्दा पछिल्लो समय नेपाल प्रहरीका खेलाडीहरु टिमले एक पछि अर्को सफलता प्राप्त गर्न सफल भएकाे छ ।
यसैबिच नेपाल भलिबल संघको आयोजना तथा कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित ३४ औं पुरुष भलिबल प्रतियोगिता” मा नेपाल प्रहरी भलिबल टिमले प्रथम स्थान हासिल गर्न सफल भएकाे छ । नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरी प्रथम स्थान हासिल गर्न सफल भएकाे हाे ।
नेपाल प्रहरी भलिबल टिम तथा खेलाडीहरुले प्रथम स्थान हासिल गर्न सफल भए पछि राट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक सन्दिप भण्डारीले खेलाडी तथा अफिसियलहरुलाई हार्दिक बधाई सहित शुभकामना दिएका छन् ।
२०८० पाैष २० गतेदेखि २६ गतेसम्म बिरेन्द्रनगर सुर्खेतमा “३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता” सञ्चालन भएको थियाे । उक्त फाईनल खेलमा नेपाल एपिएफ क्लबलाई ३-१ (२२-२५, २५-१९, २५-१८, २५-२३) को सेटमा पराजित गरी विजयी हुन सफल भई नगद रु. १ लाख प्राप्त गरेको हाे ।
साथै विधागत पुरस्कार :
उत्कृष्ट सेटर : प्र.स.नि. ईम बहादुर मगर नगद रु. ५०००/-
उत्कृष्ट ब्लकर : प्र.का.स. रविन नगरकोटी नगद रु. ५०००/-
उत्कृष्ट लिबेरो : प्र.ज. भिम बहादुर गाहा नगद रु. ५०००/-
उदयीमान खेलाडी : पहल गहतराज नगद रु. ५०००/-
उत्कृष्ट प्रशिक्षक : प्र.स.ह. चन्द्र बहादुर कुँवर नगद रु. ५०००/-
सर्वोत्कृष्ट खेलाडी : प्र.ज. रविन चन्द नगद रु. १२०००/-

















