प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा “सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न”
वि.सं.२०८० पुस २७ शुक्रवार १६:४८
shares

काठमाडौ । प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा “सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न” भएकाे छ ।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३२ नरेफाँट स्थित मनोहरा पार्क भित्र सामुदायिक सेवा तथा समाज विकास एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त आयोजनामा गरिएकाे हाे । साथै उक्त कार्यक्रमकाे अध्यक्षता सामुदायिक सेवा तथा विकास समाजका कार्यवाहक अध्यक्ष रबिन्द्र थापाकाे रहेकाे थियाे ।
का.म.न.पा.-३२ का वडा सदस्य हरि बहादुर बस्नेत , प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. विनोद सुवेदी , ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. अच्युत राज गिरी , प्रहरी प्रभाग काडाँघारीका प्रमुख प्र.नि. श्याम कुमार कट्वालकाे विशेष आतिथ्यतामा विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय भद्र भलादमी, समाजसेवीहरु लगायतकाे उपस्थिति रहेकाे थियाे।
“शान्ति सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाई” उक्त कार्यक्रम सामुदायिक सेवा समाजका आजिवन सदस्य पदम कुमार रेग्मीले संचालन गर्नु भएकाे थियो ।
कार्यक्रममा स्थानीय व्यक्तिहरूद्धारा उठेका विभिन्न सवालहरुको बारेमा सम्बन्धित अधिकारीहरुबाट जवाफ दिईएको थियो भने आगामी दिनहरूमा उत्पन्न हुने समस्याहरुको बारेमा समेत सम्बन्धित निकायहरुबाट समाधान गर्ने/गराउने तर्फ का.म.न.पा. ३२ का वडा सदस्य हरि बहादुर बस्नेतले प्रतिबद्धता जनाउनु भएको थियो ।

















