नागरिक कर्तव्यलाई केन्द्र विन्दुमा राखेर अगाडि बढ्न सके मात्रै समाजमा परिवर्तन हुन्छ : आईजीपी कुँवर
वि.सं.२०८० पुस २७ शुक्रवार १७:२८
shares

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सक्यौं भने समाज परिवर्तन सहज हुने विचार व्यक्त गर्नुभएको छ ।
‘म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ’ भन्ने नाराका साथ काठमाडौं फोहोर सङ्कलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गर्नुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरले यस अभियानले स्वभाविक रूपमा समाजमा एक किसिमको चेतना फैलाउने चर्चा गर्दै समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अधिकार र कर्तव्यको कुरालाई सँगसँगै लिएर जान नसेकेको कारणले सबै किसिमको समस्या आउने गरेकोले युवा वर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

















