प्रहरी बृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख शिवराज बुढाथोकीको प्रमुख आतिथ्यतामा CYBER CRIME सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ २ मंगलवार १५:४३
shares

काठमाडौ । प्रहरी बृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीको प्रमुख आतिथ्यतामा CYBER CRIME सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर १० र प्रहरी बृत्त नयाँबानेश्वरको संयुक्त आयोजनामा तथा एभरेष्ठ फ्लोरिडा माबि स्कुलको सहकार्यमा कार्यक्रम भएकाे हाे ।
उक्त कार्यक्रममा बिद्यालयका बिद्यालय प्रिन्सिपल एवम संचाललक सदस्य डा.डम्बर राज पाण्डेयको सभापतित्व रहेकाे थियाे ।
बिद्यालयका कक्षा ८,९,१० र ११ का शिक्षक बिद्यार्थीहरुलाई CYBER CRIME सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।
उक्त प्रशिक्षण कार्यक्रममा प्र.ना.उ.शिवराज बुढाथोकीले साईवर अपराध भनेको केहो ,साईवर अपराध बाट हुन सक्ने अपराध तथा घट्नाहरु के के हुन् र साइवर अपराध बाट बच्ने उपाय र कानुनी ब्यवस्था बारे प्रशिक्षणको क्रममा प्रष्ठ पार्नु भएको थियो ।
साथै समग्र शान्ति सुरक्षाको बारेमा समेत मन्तब्य राख्नु हुँदै समुदायमा कुनै पनि किसिमका घट्ना,दुर्घट्ना वा अपराधहरु भएको थाहा पाएमा वा देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्नु अथावा १०० मा फोनगरी प्रहरीलाई सुचना दिने कुरा राख्नु भएको थियो ।

















