प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ २ मंगलवार १४:२५
3.54K
shares
shares

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएकाे छ ।
गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८०।०९।२५ गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ को २ क (ख) बमोजिम पदोन्नति भएका प्रहरी निरीक्षक रमानन्द चौधरीलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज मंगलबार आयोजित एक कार्यक्रमकाबीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

















