भुकम्पीय सुरक्षाका लागि हातेमालो गरौ : उपप्रधानमन्त्री श्रेष्ठ

3.2K
shares

काठमाडौं। ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔं।’ भन्ने नारासहित आज २६ औं भुकम्प सुरक्षा दिवस मनाईएको छ।

यसै क्रममा काठमाडौं महानगरपालिकाद्वारा भूगोल पार्कमा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिम क्षेत्र मध्येमा पर्ने भएकोले जोखिम न्यूनीकरणका लागि सबै तहका सरकारले हातेमालो गर्नुपर्ने बताउनुभयो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको एक अध्ययनले काठमाडौं उपत्यकाका ५३ वटा भवन, संरचना र चारवटा सडक पुल भूकम्पीय जोखिमले संवेदनशील रहेको देखाएकोले तिनको पुनर्निर्माण गर्नुपर्ने उहाँले बताउनु भयो ।

महानगरकी उपमेयर सुनिता डङ्गोल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवर, शसस्त्र प्रहरीबलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय विपद् जोखिम तथा न्युनिकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, महानगरकाका निमित्त प्रशासकीय अधिकृत सिताराम कोइराला समेत उपस्थित कार्यक्रममा विपदका बेला भुमिका खेल्ने कर्मचारी र सुरक्षाकर्मीलाई पुरस्कृत गरिएको थियो।