डिआईजी विकाश खनालद्वारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण
वि.सं.२०८० माघ १ सोमवार १८:१६
4.65K
shares
shares

पाेखरा । डिआईजी विकाश खनालले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् ।
नेपाल सरकार गृह-मन्त्रालय (माननिय मन्त्रीस्तर) को मिति २०८०।०९।२४ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक विकाशराज खनालले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका हुन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक खनाललाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो ।




























