बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
वि.सं.२०८० पुस २९ आइतवार २१:४४
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल भारोत्तोलन संघको आयोजनामा २०८० पाैष २४ गतेदेखि २६ गतेसम्म भक्तपुरमा सञ्चालन भएको “२६ औँ पुरुष तथा ११ औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता” मा सहभागी भएकाे थियाे ।
उक्त कार्यक्रममा सहभागी भई ४५ स्वर्ण, ६ रजत र ४ कास्य गरी कूल ५५ पदक प्राप्त गरी पुरुष तथा महिला दुवै इभेन्टस्मा टिम च्याम्पियन हुन सफल नेपाल प्रहरीका भारोत्तोलन खेलका खेलाडी तथा अफिसियलहरुलाई आज प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा एक कार्यक्रम बीच बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे ।
उक्त कार्यक्रममा बधाई ज्ञापन गर्नु हुँदै प्रमुख अतिथिले नेपाल प्रहरीका खेलाडीहरुले प्राप्त गरेका सफलताको स्मरण गर्नुका साथै नेपाल प्रहरीले कुन कुन खेललाई प्राथमिकता दिई विकास योजना तयार गर्ने भन्ने विषयमा गृहकार्य भई कार्ययोजना बनिसकेको व्यहोरा उल्लेख गर्दै खेलाडीहरुको वृत्ति विकासको सन्दर्भमा प्राथमिकता दिइनु पर्ने र सो को प्रयासमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सदैव तत्पर रहेको कुरा समेत व्यक्त गर्नुभयो ।
साथै, उक्त कार्यक्रममा प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराई लगायत सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरू, सञ्चारकर्मीहरुकाे उपस्थिति रहेको थियो ।





























