उपाध्यक्ष डा. लामा र सुङविच लुम्बिनीको विकास सहकार्य गर्नेबारे छलफल

5.24K
shares

लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङविच लुम्बिनीको विकासमा सहकार्य गर्ने बिषयमा छलफल भएको छ । उपाध्यक्ष डा. लामा र सुङविच बुधबार भएको भेटवार्ताम शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य गर्ने, चिनियाँ पर्यटकलाई लुम्बिनीमा बढि भन्दा बढि ल्याउने लगायतका बिषयमा छलफल भएको हो ।

भेटमा उपाध्यक्ष डा. लामाले चिन र नेपालविचको सम्बन्ध भगवान बुद्धले थप नजिक बनाएको बताउँदै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए । चिनमा बुद्धका अनुयायीहरु धेरै रहेकाले बुद्धजन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन उपाध्यक्ष डा. लामाले आग्रह गरे ।

भेटमा डा. लामा र उपाध्यक्ष सुङविच दुई देशविचको साझेदारी, लुम्बिनीको विकास संरक्षण र सम्बद्र्धन लगायतका बिषयमा छलफल भएको थियो । भेटमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएशनका उपाध्यक्ष सुङले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउंदा निकै खुशी लागेको बताए ।

उनले बुद्ध जन्मस्थल चिनियाँहरुका लागि पवित्र स्थल रहेकाले यसको प्रचार प्रसार गर्ने बताए । लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु,भिक्षुणी सहभागी छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083