प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

3.74K
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८०/१०/०३ गतेको निर्णयानुसार जनपद समुह तर्फ प्रहरी हवल्दारबाट प्रहरी बरिष्ठ हवल्दार पदमा पदोन्नति हुनु भएका ८ जना प्रहरी कर्मचारीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको हाे ।

दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083