नव-प्रवर्तनिय कार्य “हिरासतमा पुस्तकालय” को समुद्घाटन कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ ९ मंगलवार १२:४६
4.1K
shares
shares

महाेत्तरी । नव-प्रवर्तनिय कार्य “हिरासतमा पुस्तकालय” को समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको नव-प्रवर्तनिय कार्य अन्तर्गत ईलाका प्रहरी कार्यालय गौशालामा “हिरासतमा पुस्तकालय” कार्यक्रमको जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले एक समारोह बिच समुद्घाटन गर्नु भएकाे हाे ।
बिभिन्न किसिमका फौजदारी अभियोग लागि कानूनी हिरासतमा रहनु हुने थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबिच २०८० साल श्रावण २९ गते भएको कार्य सम्पादन सम्झौता अनुसार आजैबाट प्रारम्भ भएको हाे।





























