२३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न

3.61K
shares

काठमाडौ । २३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएकाे छ।

‘२३औं सशस्त्र प्रहरी दिवस–२०८०’को अवसरमा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ।

सो अवसरमा महानिरीक्षक अर्यालले वर्ष जवान २०८०, IG APF Commendation, एपीएफ सम्मान, उत्कृष्ट शिक्षालय, गण, गुल्म, ‘बेस्ट इन्टिग्रिटी फिसर अवार्ड, ‘राष्ट्रव्यापी खुला कविता प्रतियोगिताका उत्कृष्ट कविहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाललाई सहयोग पुर्या उनुहुने संघसंस्था, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई कदर पत्र प्रदान गर्नुकासाथै विभिन्न कल्याणकारी योजनाको समेत प्रस्तुत गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083