“बधाई तथा सम्मान कार्यक्रम सम्पन्न”

4.16K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक  सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “बधाई तथा सम्मान कार्यक्रम सम्पन्न” भएकाे छ ।

नेपाल भलिबल संघ र कर्णाली प्रदेश भलिबल संघको आयोजनामा २०८०।०९।२० गतेदेखि २६ गतेसम्म सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा संचालन भएको “३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा” सहभागी भई प्रथम स्थान हासिल गर्न सफल भएकाे हाे ।

साथै “हिमालयन म्युजिकल ईभेन्टस् म्यानेजमेन्ट एण्ड फिल्मस् प्रा.लि.” को आयोजनामा २०८०।०९।०८ गतेदेखि १५ गतेसम्म गल्कोट नगरपालिका ०६, मझुवाफाँट बाग्लुङमा सञ्चालन भएको “बुकि कप २०८०” पुरुष भलिबल प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल पुरुष भलिबल टिम तथा एथ्लेटिक्स परिवार नेपालको संयोजन तथा प्राविधिक सहयोग तथा बेल्कोटगडी नगरपालिका वडा नं. ०५, नुवाकोटको आयोजनामा २०८०।१०।०६ गते बेल्कोटगडी नगरपालिका,कोल्पुटारमा सञ्चालन भएको “आठौं झिल्टुङग् क्रस-कन्ट्री दौड प्रतियोगिता” मा सहभागी भई रजत पदक प्राप्त गर्न सफल करार खेलाडी राममाया बुढालाई सम्मान गरिएकाे थियाे ।

स्पोर्टस हब नेपालको अयोजनामा २०८०।०९।२५ गतेदेखि २८ गतेसम्म स्पोर्टस हब कभर्ड हल कपन,काठमाण्डौमा सञ्चालन भएको “प्रथम प्रकाश दाहाल स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता-२०८०” मा १ रजत पदक तथा फिटनेस पार्क व्याडमिन्टन एकेडेमीको आयोजनामा  २०८०।१०।०३ गतेदेखि ०६ गतेसम्म बसुन्धारामा सञ्चालन भएको “Aeroplane Shuttlecocks Fitness Park 1st Chief Minister Open National Badmintion Championship-2024” मा सहभागी भई १ रजत र २ कास्य गरी कुल ३ पदक प्राप्त गर्न सफल खेलाडी तथा प्रशिक्षकहरुलाई आज प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले एक कार्यक्रमका बीच सम्मान गर्नु भएकाे हाे ।

सोही कार्यक्रमका बीच कार्यकारी निर्देशकले नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै विभिन्न खेलकुद प्रतियोगिताहरूमा सहभागीता जनाएका सम्पूर्ण खेलाडीहरूसँग अन्तरक्रिया गर्दै हालसालै हासिल गरेका उपलब्धीहरूको प्रशंसा समेत गर्दै आगामी प्रतियोगिताहरूमा उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न शुभकामना सहितको निर्देशन प्रदान गर्नु भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083