चितवन प्रहरीको सफलता : दुई दिनमै ४२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल
वि.सं.२०८० माघ ९ मंगलवार २१:४४
4.88K
shares
shares

चितवन । चितवन प्रहरीले सोमबार र मंगलवार गरेर दुई दिनमै ४२ जना जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय चितवनबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको चितवन जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताएका छन् ।
एसपी रामेश्वर कार्कीले चितवन जिल्ला अदालले विभिन्न मुद्दामा र फरक फरक मितिमा फैसला गरेर फरार रहका व्यक्तिहरु पक्राउ परेका जानकारी दिए ।
उनीहरुलाई जिल्ला अदालतमा पेश गरिएको पनि उनले बताए । ४२ जनाले कुफ ३० वर्ष २५ दिन कैद सजाय र ५ लाख २२ हजार रुपियाँ जरिवाना तिर्न बाँकी रहेको जनाइएको छ ।






























