निःशुल्क स्वास्थ्य शिविर, न्यानो कपडा वितरण तथा दिवा भोजन कार्यक्रम सम्पन्न

3.98K
shares

चितवन । निःशुल्क स्वास्थ्य शिविर, न्यानो कपडा वितरण तथा दिवा भोजन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा चितवन मेडिकल कलेज भरतपुर चितवनको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय तनहुँ र देवघाट क्षेत्र विकास समितिको व्यवस्थापनमा जिल्ला तनहुँ देवघाट स्थितमा रहेको धर्मात्मा अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर, न्यानो कपडा वितरण तथा दिवा भोजन कार्यक्रम सम्पन्न भएकाे हाे ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर प्रमुख आतिथ्यता तथा हरिहर आश्रम देवघाटका पिठाधिश ज्ञाननन्द सरस्वती महाराजज्यको विशेष आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष  कमला खनाल संघ तथा प्रदेशका पदाधिकारीहरु, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्टज्यू अन्य सिनियर प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थितीमा सम्पन्न भएको उक्त नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्वास्थ्य परीक्षण गराई ४९० जना महानुभावहरु लाभान्वित हुनु भएको छ ।

उक्त कार्यक्रममा स्त्री रोग, नाक, कान, घाँटी हाडजोर्नी तथा सामान्य चिकित्सा सेवा प्रदान गरी नि:शुल्क औषधी वितरण गर्नुका साथै बृद्धा आश्रममा रहनु भएको बुबाआमाहरुलाई न्यानो कपडा वितरण गरी दिवा भोजन समेत खुवाईएको थियो भने उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले नेपाल प्रहरी श्रीमती संघको मुल मर्मलाई आत्मसाथ गरी नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशले उक्त कार्यक्रम आयोजना गरी उक्त बृद्धाआश्रममा रहनु भएको आदरणीय बुबाआमाहरुलाई सेवा प्रदान गर्ने अवसर प्रदान गरेकोमा बिशेष धन्यवाद ब्यक्त गर्दै विभिन्न परिस्थितीको कारण साहरा बिहिन भएका बुबाआमा तथा दाजुभाइदिदीबहिनीहरुलाई साहार दिई संरक्षणको संवाहक वनी अभिभावकको भुमिका निर्वाह गर्दै आएको हरिहर आश्रम देवघाटलाई बिशेष धन्यवाद ब्यक्त गर्दै मानविय सेवाको क्षेत्रमा चालेका कदमहरुमा नेपाल प्रहरी श्रीमती संघले सदैव साथ र सहयोग गर्नेछ भन्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

साथै उक्त स्वास्थ्य शिविर कार्यक्रम सञ्चालनको प्रारम्भ देखि समापन सम्म निरन्तर रुपमा खटिई निस्वार्थ भावले सेवा प्रदान गर्ने विशेषज्ञ चिकित्सक ज्यू लगायत प्राविधिक टोली र कार्यक्रम ब्यवस्थापनमा सहयोग पुर्याउनु हुने कर्मचारीहरुको योगदानको प्रशंसा गर्दै प्रशंसा पत्र समेत प्रदान गर्नु भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083