नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीको निरीक्षण सम्पन्न
वि.सं.२०८० माघ १० बुधवार १७:५१
shares

पाेखरा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीको निरीक्षण सम्पन्न भएकाे छ ।
गण्डकी प्रदेश प्रहरी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनालले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीको स्थलगत निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नु भएको छ ।
प्रहरी नायव महानिरीक्षक खनालले उक्त कार्यालयहरुमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ ।
निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक खनालले कति पनि विचलति नभई ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरणमा अहोरात्र तल्लिन रहन उपस्थित प्रहरी कर्मचारीहरुमा निर्देशन दिनुको साथै कुनै पनि प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले कार्यालयको प्रहरी गतिबिधिका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। उक्त कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरु र सोहि कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।






























