प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख अतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ १० बुधवार १८:२३
5.27K
shares
shares

ललितपुर । प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख अतिथ्यतामा पूर्व प्रहरीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरको आयोजनामा ललितपुर जिल्लामा रहेका पुर्व प्रहरीसंग अन्तक्रिया कार्यक्रम गर्नु भएकाे हाे ।
ललितपुर जिल्लामा हुने विभिन्न अपराधिक घटनाहरु,शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको उक्त कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरुबाट प्राप्त राय/सुझाव,गुनासोहरुको कार्यालय प्रमुखले सम्बोधन गर्नु भएको थियाे ।
उक्त कार्यक्रममा पुर्ब प्रहरी संगठन जिल्ला कार्य समिती ललितपुरका पदाधिकारीहरु, पुर्व प्रहरी नायव उपरिक्षक राम कमल आचार्य लागएत अन्य पुर्व प्रहरी कर्मचारीहरु समेत उपस्थिति रहेको थियाे ।

















